नवलपरासीमा स्कूलबाट फर्किएका नातीलाई बचाउन खोज्दा खोलाले बगाएर हजुरबाको मृत्यु


रामकुमार श्रेष्ठ
नवलपरासी, ३१ भदौ। स्कूलबाट फर्कदै गरेका आफ्ना नातीलाई खोलाले बगाएर बचाउँदा नवलपरासीमा हजुरबाको खोलाले बगाएर मृत्यु भएको छ ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको विनयी खोलामा सोमबार साँझ साढे पाँच बजेतिर सर्दीका ७० बर्षीया लालबहादुर रासकोटीलाई खोलाले बनाएको हो ।
कक्षा २ मा अध्ययनरत नाती बर्ष ८ का नविन रासकोटीलाई खोलाले बगाउँदा उनले उद्दार गरेका थिए । खोलाले बगाएका हजुरबा लालबहादुरको शव विनयी त्रिवेणी १ सिजी सिमेन्टको पूर्वपट्टी दुम्किबास नजिकै फेला परेको थियो ।



सम्बन्धित
Loading...