गुल्मीमा भिरबाट लडेर २ जनाको ज्यान गयो




गुल्मी, ३१ भदौ । गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको ज्यान गएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा वीरहादुर के.सी र मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।




घाँस काट्न गएको बेला भिरबाट लडेर सार्कीको ज्यान गएको र सोमबार बेलुका घरबाट सामान किन्न गएका के.सी राती अवेरसम्म घर नफर्केपछि खोज्दै जाने क्रममा मंगलबार बिहान भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ।



सम्बन्धित
Loading...