स्कुटीमा जाँदै गरेको भरतपुरका पौडेल नारायणी नदीमा एक्कासी हामफाले


नवलपरासी, १ असोज । नारायणी नदीमा बुधबार एक जना युवक हाम फालेका छन् । गैडाकोटबाट नारायणगढतर्फ साथीको स्कुटीमा जाँदै गरेका भरतपुर महानगरपालिकाको करकार्यालय नजिकै घर भएका २५ बर्षीय उद्दार पौडेल बुधबार विहान साढे १० बजेतिर नदीमा हाम फालेका हुन् ।




उनी एक्कासी स्कुटीबाट झरेर नदीमा हामफाल्न खोज्दा साथीहरुले रोके पनि उनले झुक्काएर नदीमा हामफालेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी एटुजेट मोबाइलमा काम गर्ने कर्मचारी भएको बुझिएको छ ।



सम्बन्धित
Loading...