देवचुलीमा कपडा बैँक स्थापना
कावासोती । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा कपडा बैँकको स्थापना गरिएको छ । बुधबार सिजी नजिकै कपडा बैँकको स्थापना गरिएको दिव्य युवा समाज दुम्कौलीका अध्यक्ष यमनाथ बास्तकोटीले बताए ।
कपडा बैंकको देवचुली नगरपालिका वडा नं २ का वडा अध्यक्ष माधव केसीले उद्घाटन गरेका थिए ।
७० हजार लागतमा निर्माण भएको कपडा बैँक स्टेण्ट युवा समाजलाई हस्तान्तरण गरिएको थियो । उक्त कपडा बैँकमा आवश्यक पर्ने फेन्सी कपडाहरु निशुल्क रुपमा लैजान मिल्ने तरिकाले व्यवस्थापन गरिएको छ ।
दिव्य युवा समाजका अध्यक्ष बास्तकोटीका अनुसार असहाय, विपन्न, गरिवी वर्गको लागि केही आर्थिक सहयोग मिल्ने उद्देश्यले निशुल्क कपडा बैँक निर्माण गरिएको र बैँकलाई आगामी दिनमा अझै व्यवस्थित ठंगले लैजाने तरिकाले काम गर्ने बताए ।