आज संविधान दिवस कतै उत्सव, कतै विरोध




आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
संविधान दिवसको अवसर पारेर सत्तारुढ दल नेकपा लगायतले उत्सवको रुपमा मनाउँदै छ भने आदिवासी जनजाति महासंघ, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनता पार्टी लगायतले कालो दिवसको रुपमा मनाउँदै छन् ।
जनआन्दोलन पछि निर्वाचित संविधान सभाले संविधान निर्माण गर्दा सबैको अधिकार सुनिश्चित गर्न नसकेको ठहर गर्दै उनीहरुले विरोध स्वरुप कालो दिनको रुपमा मनाउँदै आएका छन् भने नेकपा, नेपाली काँग्रेस लगायतका दलहरुले उत्सवको रुपमा मनाएका छन् ।
संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन। प्रधानमन्त्ती केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ।

पछिल्लो समय संविधान संशोधनका कुरा व्यापक उठेको छ ।



सम्बन्धित
Loading...