पूर्वी नवलपरासीमा यसरी मनाइयो संविधान दिवस फोटो फिचर


कावासोती । पूर्वी नवलपरासीमा शुक्रबार संविधान दिवस वृक्षारोपण एवम् विरामीहरुलाई फलफूल वितरण गरेर मनाइएको छ ।
जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहा, नेकपाका नेता किसान गैरे, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी, सरकारी कर्मचारीहरुको सहभागितामा संविधान दिवस मनाइएको हो ।
दिवसका अवसरमा कावासोती १६ डण्डामा रहेको जिल्ला अस्पताल मध्यविन्दु अस्पताल परिसरमा वृक्षारोपणका साथै अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।



   






सम्बन्धित
Loading...