नवलपरासीमा रंगेहात सहायक वन अधिकृत सहित दुई जना अख्तियारको नियन्त्रणमा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकम सहित नवलपरासीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सव डिभिजन वन कार्यालय प्रतापपुर पश्चिम नवलपरासीका सहायक वन अधिकृत परशुराम चौधरी र वन कार्यालय रहेको घर धनि मनोजकुमार शर्मालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई अख्तियारको टोलीले सरकारी वकिलको कार्यालय नवलपरासीबाट ६५ हजार रकम सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।