क्रान्तिकारी माओवादीले यसरी जलायो कावासोतीमा नेपालको संविधान (भिडियो सहित)

नवलपरासी ३ असोज । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शुक्रबार नेपालको संविधान जलाएका छन् ।
अहिले बनेको संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको र जनताको पूर्ण अधिकार सहितको संविधान बन्नु पर्ने माग गर्दै क्रान्तिकारी माओवादीले संविधान दिवसका दिन हरेक बर्ष संविधान जलाउँदै आएको छ ।
सोही क्रममा शुक्रबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको नेतृत्वमा रहेको टोलीले नेपालको संविधान जलाएका हुन् ।
उनीहरुले फलफूल चोकमा नेपालको संविधान जलाएर केही बेर नाराबाजी पनि गरेका थिए ।
नेकपा क्रान्तिकारी माओवादीले देश भर शुक्रबार नेपालको संविधान जलाएका छन् ।
https://www.youtube.com/watch?v=DmJQ8KRqHek