क्याटरिङ मजदुर युनियनमा चिरञ्जीवि भण्डारी

कमल कुँवर
गैडाकोट । क्याटरिङ मजुदर युनियन नवलपुरको गैडाकोटमा भएको भेलाले चिरञ्जीवि भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन भएको छ ।
नेकपा क्रान्तिकारी माओवादी निकट मदजुरहरुको संगठन नवलपुर क्याटरिङ मजदुर युनियनको भेलाले उपाध्यक्षमा ओमकुमारी आले, सचिवमा हरि दवाडी, सहसचिवमा संगिता गुरुङ र कोषाध्यक्षमा सूर्यलाल न्यौपानेलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा सविन राई, अनिस आले, श्रीमाया भुजेल, दुर्गाबहादुर मगर, चोकनारायण सारु मगर, इन्द्रबहादुर गुरुङ, पार्वती बोटे, श्रीमाया भुजेल लगायतलाई चयन गरेको छ ।
भेलामा देशभक्तजनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका जिल्ला सदस्य एवम् मजदुर नेता लोकबहादुर क्षेत्र, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य एवम् गैडाकोट इन्चार्ज कमल कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।