जाे स्वच्छ छ उसले मात्रै भ्रष्टाचारकाे विरूद्ध लड्न सक्छ : अमिक शेरचन

266








विकृति, विसंगति र भ्रष्टाचार विरूद्ध जागरण अभियान अन्तर्गत कावासाेतीमा भएकाे एक कार्यक्रममा जाे स्वच्छ छ उसले मात्र भ्रष्टाचारकाे विरूद्ध लड्न सक्ने कार्यक्रमका प्रमुख अतिथि अमिक शेरचनले बताएका थिए ।




निर्मल लामा स्मृति प्रतिष्ठान, नवलपुर शाखाद्वारा अायाेजना गरिएकाे कार्यक्रममा शेरचनले थप्दै दलाल, पुजीवाद र भ्रष्टाचारकाे विरूद्ध लड्न अाफू कति पनि नडराउदिने बताएका थिए । अाफूले मन्त्री हुँदा समेत कुनै भ्रष्टाचार नगरेकाे र बरू पूर्याैली सम्पति मासेर अाफू हिडिरहेकाे बताएका थिए ।

निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहेका शेरचनले देशमा नीतिगत भ्रष्टाचारले नै गर्दा बिकासकाे गति कम भईरहेका बताएका थिए । मुहान नै धमिलाे भएकाले त्यसबाट बग्ने पानी सफा हुन नसक्ने बताएका शेरचनले जबसम्म पूजीवाद रहिरन्छ तबसम्म भ्रष्टाचार रहिरहने पनि बताएका थिए ।

फरक प्रसंङ्गमा बाेल्दै शेरचनले प्रतिगामी तत्वहरूले चलखेल गर्न लागेका हुँदा ६२/६३ का सबै दलहरू एक हुनु पर्ने बताएका थिए । जननीतिका पक्षमा रहेका निर्मल लामा कहिल्यै, कुनै पनि भ्रष्टाचारमा नफसेका स्वच्छ प्रकृतिका हुनुहुन्थ्याे र उहाँ सधैं भ्रष्टाचारकाे विरूद्धमा रहनु भएकाे थियाे भन्ने भनाई लिलामणी पाेख्रेलले राख्नु भएकाे थियाे ।

कार्यक्रमका बक्ताहरूले भ्रष्टाचारकाे विरूद्धमा सबै लाग्नु पर्ने बताएका थिए । देशमा राजनैतिक भ्रष्टाचार पनि व्याप्त रहेकाले सम्पूर्ण रानैतिककर्मीहरू सचेत रहनु पर्ने बताईएकाे थियाे ।

अन्तरक्रियाकाे रूपमा पनि चलाईएकाे कार्यक्रममा ने क पा गण्डकी प्रदेश सदस्यहरू कृण्ण पाैडेल, दिपक अधिकारी, धनप्रसाद सापकाेटा, राष्ट्रिय अभिभावक महासंघका केन्द्रीय सदस्य श्याम शर्मा भूषाल, प्रकृति मानव केन्द्रीत जन अभियानकी केन्द्रीय सदस्य डा. माया गिरी, निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य हकि कुल्ला खाँ, सुस्ता बचाउ अभियानका अध्यक्ष अादम खाँ लगायतले भ्रष्ट्रचारकाे विरूद्धमा बाेलेका थिए ।

अन्तर्क्रियाकाे प्रश्नमा उत्तर दिदै लिलामणी पाेख्रेलले संघिय, प्रदेश र स्थानीय निकायकाे टिकट पाउन पैसा बुझाउनु पर्ने र त्यही पैसा पूर्ति गर्न पनि भ्रष्टाचार गरिएकाे भेटिएकाे ले यस्ताे प्रणालीकाे अन्त्य नगर्दा सम्म भ्रष्टाचार भईरहन्छ त्यसैले यस्ता प्रणाली अब अन्त्य गर्नु पर्ने भनाई राखेका थिए ।

निर्मल लामा स्मृति प्रतिष्ठानले यसकाे लागि तीन चरणमा देशभरि नै कार्यक्रम गर्ने पनि बताएकाे थियाे । कार्यक्रममा जनगायक जीवन शर्माकाे पनि प्रस्तुति रहेकाे थियाे ।

विकृति, विसंगति र भ्रष्टाचार विरूद्धकाे जागरण अभियान कार्यक्रम निर्मल लामा स्मृति प्रतिष्ठान, नवलपुरका जेष्ठ सदस्य गुरू प्रसाद अधिकारीकाे अध्यक्षता र निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अमिक शेरचनकाे प्रमुख अातिथ्यता र केन्द्रीय उपाध्यक्ष लीलामणी पाेख्रेलकाे बिशेष अातिथ्यताका कार्यक्रम भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण सत्यनारायण भूषालले गर्नु भएकाे थियाे ।



You might also like
Loading...