कास्कीका दुई जना नवलपुरमा लागु औषध सहित पक्राउ

शोभा जिसी
नवलपुर, ४ असोज । नवलपरासी प्रहरीले नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट दुई जनालाई गएराति लागुऔषध सहित पक्राउ गरेको छ ।
नवलपुर प्रहरीका अनुसार कास्की जिल्लाको लेखनाथ महानगरपालिका २७ बस्ने ३२ बर्षका डेबिड क्षेत्री र लेखनाथ महानगरपालिका ३२ बस्ने २४ बर्षका कुमार खड्कालाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट फेनरागन, नोफिन र डाइजोपम ३०÷३० एम्पुल बरामद गरेको प्रहरी निरीक्षक राजन ढकालले बताए ।