भक्तपुरको कपास उद्योगमा भीषण आगलागी





भक्तपुर– भक्तपुरको गट्ठाघर नजिक सागबारी जाने बाटोमा रहेको एक कपास उद्योगमा भीषण आगलागी भएको छ ।

भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको छ ।




आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।




सम्बन्धित
Loading...