‘मेयरको संलग्नतामा १० करोड खर्चेर हत्या’

गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ का हत्या गरिउको भनिएका कुमार पौडेलको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ ।
सही छानबिन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो माग गरेको हो ।
मृतकका भाइ हरिकृष्ण पौडेलले आफ्नो दाइको हत्या भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय मानवअधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।
उनले आफ्ना दाइ कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्बासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पका लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए ।

उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटाला गरेको र सुकुम्बासीको जग्गामा पार्टीहरु मिलेर २१ करोडको जग्गा कब्जा गरेको दाबी पनि गरे ।
उनले दाइलाई मार्न बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे । दाइको हत्या गर्न उनीहरूले १० करोड खर्च गरेको पनि पौडेलको आरोप छ ।
दाईलाई हत्या गरेर मार्नुपर्छ भनेर सरकारसामू डेलिगेशन आउनेमा भरतकुमार थापा, श्याम परदेशी, सागरनाथ परियोजनाका प्रतिनिधि, प्रदेश सांसद डिल्ली उप्रेती, बसन्तराज भट्टराई, कमल बुढाथोकी र ढाचा वाग्ले रहेको पनि उनको दाबी थियो ।