नवलपरासीमा चितवनका दुई जना लागु औषध सहित पक्राउ
शोभा जिसी
नवलपरासी, ५ असोज । नवलपरासी प्रहरीले नवलपरासीको बर्दघाटबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
नवलपरासी प्रहरीले नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानी चोकमा ना ५४ प २७६५ नम्बरको मोटरसाइकलमा आउँदै गरेका चितवनका दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले चितवनको भरतपुर महानगरपालिका २६ बस्ने २६ बर्षका काश गुरुङ र २९ बर्षका अमित गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाइजाफाम, नुफिन र फेनारागन १८, १८ एम्पुल बरामद गरेको हो ।