क्रान्तिकारी माओवादीको मजदुरको जिल्ला अधिवेशन असोज १० मा हुने

कमल कुँवर
नवलपरासी, ६ असोज । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला अधिवेशन असोज १० गते गैडाकोटमा हुने भएको छ ।
अधिवेशनका लागि तयारी तिव्र पारिएको ट्रेड युनियन महासंघ नवलपुरका संयोजक लोकबहादुर क्षेत्रीले बताए । सम्मेलनमा १ सय ४१ जना प्रतिनिधि सहभागि हुने नेकपा क्रानितकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले बताए । सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ४ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्ने कार्यक्रम रहेको छ ।