घटस्थापनाका दिन विदा दिन क्षेत्री समाजको माग

395








शालिकराम भट्टराई
कावासोती । कावासोती क्षेत्री समाज नेपाल नवलपुरले घटस्थापनाको दिन राष्ट्रिय बिदा दिन माग गरेको छ ।
क्षेत्री समाज नवलपुरले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाइ राष्ट्रिय विदा दिन माग गरेको हुन् ।
क्षेत्री समाजले घटस्थापनाको दिन क्षेत्री दिवस मनाउने गर्दछ ।
क्षेत्रीय समाज नवलपुरका अध्यक्ष कोषराज कार्की, सचिव बलबहादुर केसीको नेतृत्वमा गएको टोलीले ज्ञापन पज्ञ बुझाएको हो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई क्षेत्री समाज नवलपुरले ज्ञापन पत्र बुझाउँदै कावासोती ३ खुल्ला चौरमा क्षेत्री समाजले अधिग्रहण गरेको जग्गा क्षेत्री समाजलाई नै छुट्याइदिन माग गरेको छ ।






You might also like
Loading...