विप्लव समूहका उपत्यका इञ्चार्ज पक्राउ

236








सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् ।




नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् ।

नविनसँग केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।



You might also like
Loading...