नगरपालिकाको स्काभेटरले च्याप्दा एकको मृत्यु

सोलुखुम्बुमा मंगलबार स्काभेटरले च्याप्दा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा घटना भएको हो।