घर कोही नभएको मौका छोपी पुरानो कावासोतीमा चोरी (भिडियो सहित)


कावासोती, १० असोज । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोतीमा गएराति चोरी भएको छ ।
कावासोती ३ निवासी ईश्वर जिसीको घर गएराति चोरी भएको हो । आमा विरामी भएर उपचारका लागि काठमाडौं लगेको बेला घर कोही नभएको मौका पारी चोरी भएको हो ।






प्रहरीले अहिले घटना स्थलमा मुचुल्का तयार पारिरहेको छ । चोर च्यानल गेटको तल्लो भाग फट्याएर घर भित्र पसेर चोरी गरेको घटना स्थलबाट देखिएको प्रहरीले जनाएको छ ।



घरभित्र रहेका दराज, लो बेड सबैमा चोरले फोडेर चोरी गरेको प्रहरीले जनाएको छ । केही नगद र गरगहना चोरी भएको आशंका गरिए पनि यकिन विवरण आउन केही बेर लाग्ने प्रहरीले जनाएको छ ।




(भिडियो सहित)




सम्बन्धित
Loading...