चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

486








चितवन १० असोज । ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । शनिवार दिउँसो चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही कुटिएका हुन् ।




भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका थिए । नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । कुटिएका शाहीलाई प्रहरीले उद्धार गरेको छ ।



You might also like
Loading...