चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु




चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार राती पौने १० बजेको समयमा माडी नगरपालिका–१ द्रौपतीमा बाटोमा हिडिरहेकी ६२ वर्षीया कौसीमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।





तामाङलाई बाटोमा एक्कासी आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । माडीमा वर्षेनी जंगली हात्तीले मानिसको ज्यान लिने गरेको छ ।



सम्बन्धित
Loading...