नवलपरासीको दुम्किबासमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रेमचन्द रौनियार
नवलपरासी, १३ असोज । पूर्वी नवलपरासीको विनयी त्रिवणी गाउँपालिका २ दुम्किवास स्थित गंगटे खोलामा मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्युु भएको छ ।
दुर्घटनामा परी नवलपरासीको विनयी त्रिवेणी २ वस्ने २८ वर्षीय परशुराम सोमैको मृत्यु भएको दुम्किबास प्रहरीले जनाएको छ ।
लु ५ प २२४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई खोलामा खस्दा मोटरसाइकलमा रहेका सोमै मगर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
