नवलपरासीको देवचुलीमा म्याजिक भ्यानको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु




शोभा जिसी –

नवलपरासी, १३ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कुमारवर्ती टोली स्थित भित्री खडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ ।




अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार ना ३ च ३७२१ नम्बरको म्याजिक भ्यानको ठक्करबाट स्थानीय सागर महतोको ३ बर्षीया छोरी पैदलयात्री मनिसा महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने म्याजिक भ्यान र चालक भने प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...