कावासाेतीकाे कपास उद्याेगमा आगलागी, १० लाख बराबरकाे क्षति

1,278








फाइल फोटो

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ८ सितल चाेकमा रहेकाे देवचुली कपास उद्याेगमा आगलागी हुँदा १० लाख बराबरकाे क्षति भएकाे छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान अचानक विद्युत सर्ट भई आगलागी भएकाे हाे ।

आगाे दमकल र स्थानीले विहान ६ बजे तिर नियन्त्रणमा लिएकाे थियाे।

आगलागीबाट कपास, सिरक, डसना र मेसिन जलेर नष्ट भएकाे छ । पुरानाे कपडा पेलेर सिरक डसना बनाउने उक्त उद्याे हरि ज्ञवाली र अर्जुन ज्ञवालीकाे हाे ।



You might also like
Loading...