कावासोतीको जनविकास विद्यालयमा चोरी

519








कावासोती -३ अट्ठाइस विगाहमा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा चोरी भएको हो। विद्यालयको कार्यालय, बालविकास केन्द्र, कम्प्युटर ल्याब र पुस्तकालयमा लगाइएको ताला र चुकुल फुटालेर टेलिभिजन, प्रोजेक्टर लगाएत केहि महत्वपूर्ण कागाजातहरु चोरी भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

चोरी कार्यमा संलग्न व्यक्ति र चोरी भएको सामाग्रीको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पछिल्लो समय विद्यालय लक्षित चोरीका घट्नामा वृद्धि हुदै गइरहेको छ । यसअघि कावासोतीकै नवदुर्गा आधारभूत विद्यालय र शिव माध्यमिक विद्यालयमा समेत चोरी भएको थियो ।






You might also like
Loading...