नवलपरासीको हुप्सेकोटबाट मात्रै दशैमा दुई करोड २५ लाखको खसीबोका विक्री




रामकुमार श्रेष्ठ –
नवलपरासी, २१ असोज । नवलपरासीको हुप्सेकोट गाउँपालिकाबाट मात्रै दशैंका लागि २ करोड २५ लाखको खसी बोका विक्री भएको छ ।
यहाँका बाख्रा पालक तथा उद्यमी महिलाहरुले खोलेको लेकबेसी सामािजक उद्यमी महिला सहकारी संस्थाले खोलेको खसी बोका विक्री केन्द्रबाट मात्रै दुई करोड २५ लाखको खसी बोका विक्री भएको सहकारीका अध्यक्ष मनरुपा पाण्डेले बताए ।


हुप्सेकोट गाउँपालिका नवलपरासीमै बाख्रा पालनका लागि राम्रो क्षेत्र मानिन्छ ।
यहाँबाट उत्पादित खसी बोका स्थानीय बजार, स्थानीय गाउँघर, नवलपरासीको कावासोती, गैडाकोट, रजहर, चोरमारा, अरुणखोला देखि चितवन, पोखरा, काठमाण्डौसम्म निर्यात भएको पाण्डेले बताए ।



सम्बन्धित
Loading...