माडीलाई पाँच वर्षभित्रमा मणि बनाउने प्रचण्डको प्रतिबद्धता




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षभित्र माडीलाई मणि बनाइने प्रतिवद्धता दोहोराएका छन् ।

चितवनको माडीमा आज (शुक्रबार) आयोजित कम्युनिष्ट नेता दिवाकर भुषालको १६औं स्मृति दिवस तथा स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः माडीलाई मणि बनाउने प्रतिवद्धता जनाएका हुन् ।




‘माडीलाई मणि बनाउने कुरा बिर्सेको छैन’ उनले भने, ‘२०२९ सालको वन ऐन संशोधन हुँदैछ, त्यसले माडीवासीलाई फाइदा पुर्‍याउने छ । माडीमा अर्गानिक खेतीको आयोजना ल्याउने पहल भइरहेको छ । आकासे पुल, भूमिगत बाटो वा राम्रो पिच बाटो माडीमा जसरी पनि बनाउँछौं । माडीको निम्ति संघर्ष मेरो सफलतासँग पनि जोडिएको छ । तपाइँहरुको सहयोग मलाई चाहिन्छ ।’ प्रचण्डले यसअघि प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचन लड्दा माडीमा सो प्रतिवद्धता जनाएका थिए ।

मानिसहरु जन्मेपछि मर्ने कुरा प्रकृतिको शाश्वत नियम भएको तर सबैको मृत्यु एकैनासको नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।




सम्बन्धित
Loading...