दुई शिक्षकको भरमा प्राथमिक विद्यालय




गोपी ज्ञवाली –
नवलपरासी, असोज २५ गते । पश्चिम नवलपरासी सरावल गाँउपालिकाको एक प्राथमिक विद्यालय दुई शिक्षकको भरमा रहेको छ ।
पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको भटौलीयामा रहेको बाल्मीकी प्राथमिक विद्यालयमा पाँच वटा कक्षाका लागि दुई वटा शिक्षक मात्र रहे पछि विद्यालयको स्तर घटाई लिन गाँउपालिका कार्यालयलाई अनुरोध गरेको बाल्मीकी प्राथमिक विद्यालयका प्रधानाध्यापक धु्रब नारायण गौडले बताउनु भयो ।
शिक्षक शिकाई अनुदानको पैसाबाट केही निजी शिक्षक राखेर विद्यलय संचालन हुदै आएको अवश्थामा यस वर्ष गाँउपालिका कार्यालयले अनुदान रकम रोकिदिए पछि विद्यलयमा पाँच वटा कक्षाहरु संचालन गर्नका लागि विद्यालयले गाँउपालिकालाई अनुरोध गरेको बाल्मीकी प्राथमिक विद्यालयका प्रधानाध्यापक गौडले बताउनु भयो ।


२०६५ सालमा स्थापना भएको यस विद्यालयमा बालविकास कक्षा सहित विद्यालयमा छ वटा कक्षा संचालनका लागि अहिले जम्म तीन जना शिक्षक मात्र रहने अवश्था रहे पछि विद्यालयले विद्यालयको कक्षा स्तर घटाउन गाँउपालिकालाई अनुरोध गरेको भए पनि गाँउपालिकाले विद्यालयलाई स्तर घटाउने विषयमा नसोचेको र विद्यालय संचालनका लागि कुनै विकिल्प सोचि रहेको गाँउपालिकाका प्रमुख प्रशाकिय अधिकृत झविश्वर रेग्मीले बताउनु भयो ।
बालविकास सहित कक्षा पाँच सम्म दुई सय १५ जना विद्यार्थीे संख्या रहेको यस विद्यालयमा अहिले दुई जना मात्र शिक्षकको दरबन्दी रहेको छ भने गाँउपािलकाको अनुदानबाट थप तीन शिक्षक निजीस्रोतमा राखीएको थियो त गा्ँउपालिकाले अनुदान रोके पछि विद्यालय बन्द गर्नु पर्ने अवश्थामा पुगेको महेशपुरका स्थानिय धु्रबनारायण बनियाले बताउनु भयो ।
भारतीय सिमाना नजिकै रहेको यस विद्यालयमा कतिपय भारतीय विद्यार्थी समेत पढन आउने गरेका छन ।




सम्बन्धित
Loading...