ग्यास सिलिण्डर पड्किएर १० जनाको मृत्यु, तीन घर भत्किए

301








असोज २७, २०७६

भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा ग्यास सिलिण्डर पड्कीएर ३ वटा घर भत्किँदा १० जनाको मृत्यु भएको छ।




सोमबार बिहान पौने ७ बजे भएको घटनामा घरले च्यापिएर अरु १० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मउ जिल्लाको मुहम्मदाबादमा छोटु विश्वकर्माको घरमा बिहान सिलिण्डरमा आगो लागेको थियो।

आगो लागेको थाहा पाएपछि छिमेकीहरु आगो निभाउन आइपुगेको समयमा सिलिण्डर पड्कीएको जनाइएको छ। ठूलो आवाजसहित पड्कीएको सिलिण्डरले आसपासका तीनवटा घर भत्काएको हो।

सिलिण्डर पड्कीएर घरहरु भत्किएपछि च्यापिएकाहरुको उद्धार जारीे छ।



You might also like
Loading...