दाउन्नेमा दुर्घटना: एक जनाकाे मृत्यु, दुई जना घाईते
पूर्व पश्चिम लाेकमार्गकाे बुटवल नारायणगढ खण्ड अन्तरगत नवलपरासीकाे दाउन्नेमा गएराति भएकाे दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।
विनयी त्रिवेणी २ को दाउन्ने पहाडबाट मध्यरातिको साढे १२ बजे कन्टेनर खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका हुन्।
पश्चिमबाट पूर्ब जादै गरेको ना ६ ख ८११६ नम्बरको कन्टेनर अन्यन्त्रित भई दाउन्ने पहाडको भिरबाट करिब डेढ सय मिटर तल पुगेको नवलपुर प्रहरीले जनाएको छ ।
मृतककाे सनाखत हुन सकेकाे छैन।