कुमारी निजी गुठीको अर्गानिक खेती तालिम
शोभा जिसी –
कावासोती । कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सहआयोजनामा शुक्रबारबाट सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम कावासोती १७, ढोकीमा शुरु भएको छ ।
तालिमको गुठीका गुठीयार प्रमुख एवम् अध्यक्ष नर बहादुर ठाडाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी नर बहादुर ठाडा, कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दिपक लाल श्रेष्ठ, कावासोती नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष छबिलाल महतो, समाज सेवी एवम् मध्यबिन्दु बहुमुखी क्याम्पसका प्राध्यापक गणेश मान गिरीले आफ्ना मन्तब्य राख्ने क्रममा अर्गानिक तरकारीको फाईदा, महत्व, आवश्यकता र गुठीले यो कार्यक्रम सन्चालन गर्नुका कारण र गुठीका उद्देश्य एवम् अन्य कार्यक्रमहरुका बारेमा स्पष्ट पारेका थिए ।
अग्यौली सामुदायिक स्रोत पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले कुमारी गुठीले समुदायमा पुर्याउदै आएको योग्दानको कदर गर्दै गुठीलाई यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिदिएकोमा आभार व्यक्त गरे ।
तालिमका प्रशिक्षक मित्र लाल श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यबहारमा लागु गरे मात्रा तालिम सफल भएको मानिने भएकोले आफुले पनि लागु गर्न र आफुमा भएको ज्ञान अरुलाई पनि बाड्न सहभागीहरुलाई अनुरोध गरे ।
तालिममा कावासोती नगरपालिका वडा नम्बर १७, ढोकिका किसानहरुको उल्लेख्य सहभागीता रहेको छ । कार्यक्रमको सन्चालन मदन गिरीले गरेका थिए ।


