१३ वटा डंगर जातको नयाँ गिद्ध कावासोतीको जंगलमा छाडियो

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्दूमा हुकाईका डंगर जातका १३ वटा नयाँ गिद्धलाई शनिबार नवलपरासीको कावासोतीको जंगलमा छाडिएको छ ।
प्रकृतिको कुचीकार गिद्धको लोप हुन थालेपछि गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध प्रजनन गरी हुर्काएर प्राकृतिक वासस्थानमा छाडिने गरिन्छ । सोही क्रमममा शनिबार कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेष्टको जंगलमा १३ वटा डंगर जातको गिद्ध छाडिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईले बताए ।
डंगर गिद्धको विचरण अवस्थाबारे परीक्षणका लागि गिद्धलाई ट्याग समेत लगाएर प्राकृतिक बासस्थानमा छाडिएको हो ।