महिलाबीच कुटाकुट, एक महिलाको मृत्यु




कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना महिलालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–५ की ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको कुटाइबाट ३५ वर्षीया पुतली रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुई जना महिलाले रावलमाथि कुटपिट गरेका थिए ।




कुटपिटबाट गम्भीर घाइते भएकी रावललाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यसपछि उनलाई भारतको लखनउ रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा लखनउमा असोज २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकास सिंह कार्कीले बताए ।



सम्बन्धित
Loading...