पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु
नवलपरासी, ४ कात्तिक । पश्चिम नवलपरासीको बाइपास रोडमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
सोमबार दिउँसो जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ स्थित बाइपास रोडमा भैरहवाबाट भुमही आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रीपरमा विपरित दिशाबाट जादै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरासाइकलले आफै अनियन्त्रित भई ट्रीपरसंग ठोक्किदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नम्बर १८ बड्गाउ बस्ने बर्ष ३० का लक्ष्मण चौधरीलाई उपचारको लागी जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लैजादा अस्पतालले चौधरीलाई मृत घोषणा गरेको छ भने मोटरासाइकल पछाडी सवार सोही ठाउ बस्ने बर्ष ३२ का बलिराम चौधरीलाई उपचारको लागी बुटवलका सिटी अस्पताल लगिएको र घाइतेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । ट्रिपर र मोटरसाइकल जिल्ला प्रहरीको नियन्त्रणमा रहेको छ ।
