कास्कीका दुई जना युवा लागु औषध सहित नवलपुरमा पक्राउ
शोभा जिसी –
नवलपुर, ४ कात्तिक । कास्कीका दुई जना युवालाई नवलपुर प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।
भैरहवाबाट बेनी म्याग्दीका लागि छुटेको लु १ ख ७३९३ नम्बरको बसमा जाँदै गरेका दुई युवालाई नवलपुर प्रहरीले नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले कास्की जिल्लाको लेखनाथ महानगरपालिका २७ बस्ने ३२ बर्षका डेविड क्षेत्री र लेखनाथ महानगरपालिका ३२ का २४ बर्षीय कुमार खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल बरामद गरेको जनाएको छ ।
