सुस्तामा सौर्य मिनिग्रीडबाट विद्युत आपुर्ती गरिने

793








गोपी ज्ञवाली –
नवलपरासी । भारतीय अतिक्रमण र नेपाली प्रतिरोधका कारण चर्चामा रहेको पश्चिम नवलपरासीको सुस्तामा अब सौर्य मिनीग्रीडबाट विद्युत आपुर्ती गरिने भएको छ ।
सुस्ता गाँउपालिका वार्ड नम्बर ५ नारायणी पारी रहेको सुस्तामा विद्युतको राष्ट्रिय प्रसारण लाईनको विजुली पुग्न नसकेका कारण सुस्ताका स्थानिबासी टुकीको भरमा रहेको अवश्थामा आगामी आठ महिना भित्रमा सुस्तामा सौर्य मिनिग्रीड मार्फत विद्युत आपुर्ती गरीने भएको सुस्ता गाँउपालिकका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
नारायणी नदिका कारण बिद्युत लाईन विस्तान गर्न नसकिएको सुस्तामा अब सोलार प्रणालीबाट सौर्य उर्जा निर्माण गरी सुस्तामा विद्युत आपुर्ती गरिने भएको हो । सुस्तामा विद्युत आपुर्तीका लागि गत मंगलवारउर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सुस्ता पुगेर सौर्य उर्जा वितरणका लागि सौर्य उर्जा प्रणालीको निर्माणको सम्झौता तथा सौर्य मिनिग्रीडको शिलन्यास गरे पछि सुस्तामा यसै आर्थिक वर्ष भित्र बिजुली बत्ति बल्ने भएको हो ।
सौर्य मिनिग्रेड निर्माणका लागी मंगलबार गाँउपालिका र निर्माण कम्पनी बीच सम्झौता पनि भएको छ । सुस्ताका सबै २ सय ६६ घर धुरीलाई पुग्ने गरी आधुनिक प्रविधि माफर्त सौर्य उर्जा निर्माणको ठेक्का टपसन ईनर्जि कम्पनीलाई दिईएको बैकल्पीक ऊर्जा प्रवर्धन केन्द्रका बरिष्ठ अधिकृत लक्ष्मण प्रसाद धिमीरेले बताए ।
बरिष्ठ अधिकृत घिमिरेका अनुसार यो परियोजनाको कुल लागत चार करोड ८० लाख ९२ हजार रहेको छ । एक सय किलोवाट क्षमताको सोलार मिनिग्रेड निर्माणका लागी संघिय सरकारको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले २ करोड ८८ लाख ५५ हजार, तराई मधेस सम्वृद्धि कार्यक्रमको एक करोड ७५ लाख एवं सुस्ता गाउपालिकाको १७ लाख ३६ हजार लगानी गरेको छ ।
सोलार मार्फत जम्मा भएको सौर्य उर्जा जर्मन टक्नोलोजीको व्याट्रिमा जम्मा हुने छ र घर घरमा पु¥याउने बताएको छ । ८ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको सो आयोजना मार्फत उत्पादित विजुलीले विद्युत प्राधिकरणबाट वितरीत विजुली जस्तै सबै काम गर्न सकिने बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशकमधुसुदन अधिकारीले जानकारीले बताए ।
सुस्तामा पछि विद्युत प्राधिकरण माफर्त विजुली पुगे पछि पनि यहि सौर्य उर्जामा जडान गर्न मिल्ने गरी प्राविधिक व्यवस्था गरिने पनि आधिकारीले जानकारी बताए ।
यो परियोजना सम्पन्न भएपछि सुस्तावासीले सौर्य ऊर्जाको माध्यमबाट विद्युत् सेवा उपभोग गर्न पाउनुका साथै स–साना उद्योग पनि सञ्चालन गर्न सकिने छ ।
सुस्तामा अहिले तीन हजार १ सय ३३ जनसङ्ख्या छ। सुस्ताको कूल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टरमध्ये भारतले १४ हजार ५ सय हेक्टर अतिक्रमण गरिसकेको छ ।करिब १९ हजार ४ सय ८० हेक्टर जमीन विवादित छ भने बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्तावासीले भोगचलन गर्दै आएका स्थानीय रवीन्द्र जयसवालले बताए ।






You might also like
Loading...