२५ जना दुग्ध कृषकलाई अनुदान वितरण

पूर्वी चितवनको कालिका नगरपालिकाले २५ जना व्यवसायिक दुग्ध उत्पादक कृषकलाई विहीवार अनुदान रकम वितरण गरेको छ ।
बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई दुध उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको हो ।
गत आर्थिक बर्ष २०७५/७६ मा बार्षिक १० हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने कृषकहरुलाई नगद ३३ हजार ३३३ रुपैयाँका दरले अनुदान रकम वितरण गरिएको पशु सेवा शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
३३ हजार ३३३ रुपैयामा कर कट्टी गरी २५ हजार रुपैया कृषकलाई प्रदान गरिएको हो । आर्थिक बर्ष २०७४/७५ मा १२ जना कृषकहरुले १० हजार लिटर भन्दा बढी दुध उत्पादन गरेर पुरस्कर वितरण गरिएको थियो ।