फौजी किराले पाकेको धान सखाप परे पछि किसान हैरान


 



गोपी ज्ञवाली –

नवलपरासी । काटन तयार भएको धानमा फौजी किराको प्रकोप बढे पछि पश्चिम नवलपरासीका किसानहरु फौजि किराको आक्रमणबाट हैरान परेका छन ।


नवलपरासीको बर्दघाट नगरपालिका, सरावल, सुस्ता,  पाल्हीनन्दन लगायतका गाँउपालिकाका किसनहरुको काटन तयार भएको धानबालीमा फौजि किराको अचानक प्रकोप बढे पछि किसानहरु हैरान भएको वर्दघाट नगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष एवं स्थानिय किसान ध्रुब थारुले बताउनु भएको हो ।

अध्यक्ष थारुका अनुसार पछिल्लो करिब १५ दिन पहिला वर्दघाटको वार्ड नम्बर १ मा पहिलो पटक देखा परेको यो फौजी किराको प्रकोप दिन प्रतिदिन बढदो अवश्थामा छ भने सम्बनिधत निकायले कुनै चासो दिएको देखीदैन ।

दिउसोको समयमा निश्किृय रहने यो फोजी किराले पाकेको घानको बाला काटेर भुईमा झारी दिने र धनको बोटम पराल पात्र रहने गरी काटने गरेको किसानहरुको भनाई रहेको छ फौजी किराको नियन्त्रणको अहिले सम्म कुनै उपाए नलागेकाले किसानहरु यो किराको आक्रमणबाट हैरान परेका छन । यो किराले एक रातमा एक विगाहा सम्मको खेतको धान बाली काटेर नष्ट पारिदिने गरेको छ । काटेर राखेको धानका पाँजा सम्मबाट फौजी किराले धानको बाला काटेर धुलो परि दिए पछि किसानहरु हैरान परेका छन ।

विषदीले समेत नमर्ने यी फौजी किराको नियन्त्रणमा स्थानिय सरकारले कुनै चासो नदेखाए पछि किसानह्रको टोली जिल्ला कृषि ज्ञान केन्द्रमो किरा नियन्त्रण गर्न माँग गर्दै पुगेको भए पनि कुनै प्रभावकारी कदम अफै सम्म उठेको पाईएको छैन ।

वर्दघाट नगरपालिकामा पहिलो पटक देखा परेको यो फौजी किरा अहिले जिल्लाको सदरमुकाम परासी, पाल्हीनन्दन, सरावल, प्रतापपुर, सुस्ता लगाएतका सबै जसो गाँउपालिकामा फैलिएको जिल्ला कृषि ज्ञान केन्दूले जनाएको छ ।

वर्दघाट नगरपालिका, सुस्ता गाँउपालिका, सुनवल नगरपालिका लगाएता लगाएतका जिल्लाका स्थानिय तहमा कृषि शाखा कर्मचारी विहिन रहेका छन ।




सम्बन्धित
Loading...