भरतपुर बन्यो पहिलो सडक मानवमुक्त महानगर, मुख्यमन्त्रीद्वारा घोषणा




चितवन, ९ कात्तिक ।
चितवनको भरतपुर महानगरपालिकालाई शनिबार सडक मानवमुक्त महानगर घोषणा गरिएको छ ।
मानव सेवा आश्रमको सहयोगमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् ।
महानगर परिसरमा आयोजित समारोह मुख्यमन्त्री पौडेलले भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् ।
कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट निस्किएको ¥याली महानगर कार्यालयमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।



सम्बन्धित
Loading...