दलदलेको पार्टी प्यालेसबाट ५ लाख ८० हजार नगद सहित २८ जना जुवाडे पक्राउ

नवलपरासी, ११ कार्तिक ।
नवलपरासीको देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालमा तिहारको समयमा अत्याधिक जुवा तास लेखिने गरिन्छ ।