कावासोतीमा नेपाल सम्वतको अवसरमा मोटरसाइकल र्याली

365








नवलपरासी, ११ कात्तिक ।
नेपाल सम्वत नयाँ बर्ष ११४० शुरु भएको अवसरमा आज कावासोतीमा कावासोतीका नेवा गुठीहरुले संयुक्त रुपमा मोटरसाइकल र्याली निकालेका छन् ।
कावासोती ३ को नमुना सदरमुकाम चौरबाट शुरु भएको र्याली शेरगञ्ज पुगेर सभामा परिणत भएको थियो । र्याली अगाडि कावासोतीमा नेवारी परम्परा अनुसार सगुन लिएर र्याली शुरु गरिएको थियो । कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।   कार्यक्रममा संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतको नेवा समुदायको अगुवाहरुको सहभागिता रहेको थियो ।
नेपाल सम्वत नेपालको मौलिक सम्वत र राष्ट्रिय गौरवको सम्वत हो तथापि नेपाल सम्वत नेवार समुदायले नयाँ बर्षको रुपमा मनाउने गर्दछन् । नेपाल सम्वत नयाँ बर्ष शुरु भएकै दिन साँझ नेवार समुदायले म्ह पूजा पनि गर्ने गर्दछ । नेपाल सम्वत ११४० विक्रम सम्वत अनुसार भोलिबाट शुरु हुँदै छ ।






You might also like
Loading...