प्रधानमन्त्री ओली अस्वस्थ


File Photo


प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएको छ ।
अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको हो। यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए।



सम्बन्धित
Loading...