७५ हजार नगद सहित सिराहामा ८ जना जुवाडे पक्राउ

सिरहा । सिरहा प्रहरीको तिहारको मौका पारी जुवातास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले ७५ हजार ६ सय ५ रुपैया बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा जि.प्र.का. सिरहा बाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका – १५ मार्डर स्थितमा जुवा तास खेलीरहेको अवस्थामा सिरहा सिरहा नगरपालिका -१४ बस्ने बर्ष २६ को नुर खान , ऐ.बस्ने बर्ष ३८ को मोहमद रफिक , ऐ. बस्ने बर्ष २५ को जावेद खान , ऐ.१५ बस्ने बर्ष ४७ को श्याम कुमार यादव,ऐ. बस्ने बर्ष २९ को रंजित यादव ,ऐ. बस्ने बर्ष २८ को दिनेश यादव ,ऐ.बस्ने बर्ष ३५ को संजिव कुमार महतो र जिल्ला सिरहा गोलबजार नगरपालिका – ८ बस्ने बर्ष ३३ को सिकेन्द्र साफी सहित आठ जनालाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा दिएका मानिसहरुसँग खानतलासी गर्दा जुवातास खालबाटै ७५ हजार ६ सय ५ रुपैयाँ र दुई बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए।
नियन्त्रणमा लिएका जुवातास खेल्ने ८ जना मानिसहरु, तास खालबाट बरामद भएको नगद ७५ हजार ६ सय ५ रुपैयाँ र दुई बुक ताससहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको सिरहा प्रहरीले जनाएको छ।