दिल्लीमा अत्यधिक वायू प्रदुषण, सबै विद्यालय बन्द


भारतको राजधानी दिल्लीमा प्रदुषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।



यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट बच्न मास्क वितरण गरिएको थियो । दीपावलीपछि दिल्लीको हावा निकै खराब भएको थियो । मानिसहरुलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको थियो । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढिरहेको छ ।




दिल्लीको हावामा प्रदूषणका खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मानक भन्दा २० गुणा अधिक पुगेको छ ।

हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई मध्य नजर राख्दै त्यहाँको सुप्रीम कोर्टले दिल्लीका साथै छिमेकी राज्यमा पनि केही कुराहरुमा प्रतिबन्ध लगाउने आदेश दिएको छ ।



सम्बन्धित
Loading...