इंग्ल्यान्डको न्युजिल्यान्डमाथि सहज जित
कात्तिक १६, २०७६
इंग्ल्यान्डको न्युजिल्यान्डमाथि सहज जित टी-२० सिरिजको पहिलो खेलमा इंग्ल्इान्डले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।
जितसँगै न्युजिल्यान्डले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। जवाफमा आयोजक टीले १८.३ ओभरमा ३ विकेट गुमाएर १५४ रन बनाउँदै लक्ष्य पूरा गर्यो। इंग्ल्यान्डका लागि ५९ रनको अर्धशतकीय इनिङ खेल्ने जेम्स विन्स प्लेयर अफ द म्याच घोषित भए। खेलमा न्युजिल्यान्डले निकै खराव सुरुवात गरेको थियो।
उसका ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलले २ रन बनाएर आउट हुँदा कोलिन मुन्रोले पनि धेरै समय क्रिजमा रहन सकेनन्। उनी २१ रन बनाएर आउट भए। उसका लागि शिफर्टले इनिङ समाल्ने प्रयास गर्दै ४४ रन बनाए। त्यस्तै डेरिन मिचलले १७ बलमा ३० रनको अविजित इनिङ खेल्दा न्युजिल्यान्ड केही समालिएको थियो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको पनि सुरुवात राम्रो रहेन। डेभिड मिलान ११ रनमा पहिलो विकेटका रुपमा आउट भए। त्यस्तै टिमको स्कोर ६८ हुँदा जोनी ब्यारिस्टो ३५ रनमा पेभिलियन फर्किए। त्यसपछि जेम्स विन्स कप्तान मोर्गनसँग मिलेर तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दे टिमलाई जितनजिक १२२ रनसम्म पुर्याएका थिए। विन्सले ३८ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडेका थिए।
न्युजिल्यानडका लागि मिचेल सेन्टनरले ३ विकेट लिएका थिए।
