नेकपाले नवलपुरमा आज उमेद्वारको नाम टुंगो लगाउने

रामकुमार श्रेष्ठ –
कावासोती । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नवलपुरमा ठूला दल नेकपा र नेपाली काँग्रेसले अझै उमेदवारको नाम टुंगो लगाउन सकेको छैन ।
पूर्वी नवलपरासीमा वडा अध्यक्षको लागि निर्वाचन हुने भएको छ। पूर्वी नवलपरासीको बुंददीकाली गाउँपालिका ५ मा वडाअध्यक्षका लागि निर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
बुंदीकाली गाउँपालिका ५ का वडाअध्यक्ष दलबहादुर थरूमगरको ह्दयघातका कारण निधन भएको थियो। उनले नेकपा एमालेबाट उमेद्वारी दिएर निर्वाचनमा जितेका थिए। उनी पछिका कार्यवाहक अध्यक्षको पनि पछि निधन भएको थियो ।
मगरले ३८४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए।
बुंदीकाली ५ का वडाध्यक्षका लागि हुने निर्वाचनमा नवलपुरमा नेपाली काँग्रेसले आगामी कार्तिक २० गते उमेदवारको नाम टुंगो लगाउने तयारी गरेको नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले बताए ।
त्यसैगरी नेकपाले पनि उमेदवार टुंगो लगाउन सकेको छैन। नेकपाले उमेद्वार टुंगो लगाउन आइतबार जिल्ला कमिटिको वैठक बस्दै छ। नेकपा स्रोतका अनुसार वडा कमिटिले एक जनाको नाम सर्वसम्मत सिफारिस गरेको भए पनि आइतबार बस्ने जिल्ला कमिटिको वैठकले मात्र उमेदवार टुंगो लगाउने छ।