सुनकोसी बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो with vedio
मृतकमध्ये ५ को सनाखत
चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुनकोसी नदीमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेस्वरी यातायातको बा२ख ७२४५ को सुनकोसी नदीमा खसेको हो ।
करिब ५० जनाका काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लले जानकारी दिए। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाइ छ।
मृतकमध्ये ५ जनाको सनाखत भएको डिएसपी काफ्लेले जनाए। उनका अनुसार सनाखत भएकाहरूमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षीय सिसन तामाङ रहेका छन्।
https://www.youtube.com/watch?v=kMnkrj1fwUM