रोहित टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी

143







भारतका स्टार ब्याट्सम्यान रोहित शर्मा टी-२० क्रिकेट फर्म्याटकै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाउन सफल भएका छन्।


बंगलादेशसँगको पहिलो टी–२० खेलमा सात विकेटले पराजित भएको खेलमा कप्तानको भूमिका निभाएका  रोहित सो कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए। रोहितले भारतकै स्टार ब्याट्सम्यान विराट कोहलीलाई पछि पार्दै नयाँ रेकर्ड बनाए। रोहितले ९९ खेलमा २४ सय ५२ रन बनाए। बंगलादेशविरुद्धको खेलमा रोहितले नौ रन मात्र बनाए पनि उनले रेकर्ड कायम गर्न सफल भए।

रोहितले विराटलाई सर्वाधिक रन बनाउने सूचीमा दुई रनले पछाडि छाडे। विराटले २४ सय ५० रन बनाएका छन्। यस सूचीमा न्युजिल्यान्डका मार्टिन गुप्टिल २३ सय २६ रनका साथ तेस्रो स्थानमा छन्। यसैगरी, रोहित भारतका लागि धेरै टी–२० खेल खेल्ने खेलाडी समेत बने। उनले पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गरे।

धोनीले भारतका लागि ९८ खेल खेलेका छन् । टी–२० इतिहासमा पाकिस्तानका सोएब मलिक सर्वाधिक खेल खेल्ने खेलाडी हुन्।


You might also like
Loading...