न्युजिल्यान्डको लगातार दोस्रो जित





न्युजिल्यान्डको घरेलु मैदानमा भएको तेस्रो टी-२० खेलमा १४ रनको रोमाञ्चक जित निकालेको छ।

इंग्ल्यान्ड विरुद्धको पाँच खेलको टी-२० सिरिजमा पछिल्ला दुई खेलमा लगातार जित निकालेसँगै न्युजिल्यान्डले सिरिज २-१ को अवस्थामा पुर्‍याएको छ।




नेल्सनस्थित स्याक्स्टोन मैदानमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दे निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र जोडेको थियो।

इङ्ल्याण्डले आक्रामक सुरुवात गरे पनि पछिल्लो क्रम समालिन नसक्दा पराजित भयो। इङ्ल्याण्डका डेविड मालनले अर्धशतक बनाए। उनले ३४ बलको सामना गर्दै १ छक्का र ८ चौकाको मद्दतमा ५५ रन जोडेका थिए। त्यस्तै जेम्स भाइन्सले ४९ रन बनाए। यही खेलबाट इङ्ल्याण्डका लागि डेब्यू गरेका टोम ब्यान्टोनले १८ रन जोडे।

इङ्ल्यान्डलाई लक्ष्यबाट रोक्न न्यूजिल्याण्डका लकी फर्गुसन र ब्लेयर टिक्नरले समान २-२ विकेट लिए। उनीहरूले समान २५ रन खर्चिए। त्यस्तै इस सोधी र मिचेल सान्ट्नरको नाममा १–१ विकेट रह्यो। पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६९ रन बनाउँदा ३ विकेट गुमाए पनि पछिल्लो क्रम समालिंदा समानजकन स्कोर तयार गर्न सफल भएको थियो। न्यूजिल्याण्डका लागि कोलिन डे ग्रान्डहोमले अर्धशतक बनाए।

उनले टिमका लागि सर्वाधिक ५५ रन जोडे। त्यस्तै, मार्टिन गुप्टिलले ३३ रन जोडे। उनले १७ बलको सामना गर्दै ७ चौका हिर्काए। इङ्ल्यान्डका लागि टोम कुरानले २ विकेट लिएका थिए।

यसअघि पहिलो खेलमा इङ्ल्याण्ड ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो।




सम्बन्धित
Loading...