सात लाखमा छुटे २८ जना जुवाडे

334







नवलपरासीकाे देबचुली नगरपालिकाको दलदलेमा रहेकाे देवचुली पार्टी प्यालेसबाट कौडा खालबाट पक्राउ परेका २८ जना मंगलवार धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले ७ लाख रुपैंया धरौटीमा सबै २८ जनालाई छोडेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्रप्रसाद अधिकारीका अनुसार अनुसन्धान प्रक्रिया पुरा गरी जनही २५ हजार रुपैंयाका दरले धरौटी जम्मा गरी उनीहरुलाई छोडिएको हो ।
गत १० गते लक्ष्मीपुजाका रात दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट पक्राउ परेका उनीहरु १० दिनपछि छुटेका छन् ।
उनीहरु कौडा खालबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगद, १ थान कौडा–बोर्ड, १६ थान कौडाका गोटी सहित पक्राउ परेका थिए ।
पक्राउ परेका उपर अनुसन्धानका लागी भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत पहिलो चरणमा ७ दिनको म्याद थपेको थियो ।
सो म्याद सोमवार सकिएसँगै प्रहरीले अर्को चरणको ७ दिने म्याद माग गरेकोमा मंगलबार अनुसन्धानका प्रक्रिया सकिएकोले उनीहरुलाई धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।

You might also like
Loading...